सिन्धुलीका कार्यालय प्रमुख विहिन

मीनकुमार दाहाल, सिन्धुली, असोज ४ ।  
जिल्लाका अधिकांस कार्यालय प्रमखहरु तिहार विद्या अगावै कार्यालय छोडेर घर तिर लागेका छन् । जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयका अधिकृतहरु राज्यले दिएको सुविदा भन्दा अगावै तिहार मनाउने नाममा जिल्ला छाडेका हुन ।
जिल्ला विकास समितीका स्थानिय विकास अधिकारी प्रदिप निरौला तिन गतेनै काठमाडौं लागी सकेका छन् । सोही दिन जिल्ला न्यायधिष देवेन्द्रपौडेल,जिल्ला स्वास्थ कार्यालयका प्रमुख,वन कार्यालयका प्रमुख,कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख पनि घर लागी सकेका छन् ।

त्यसै गरी सिंचाई डिभिजन कार्यालयका प्रमुख, घरेलु तथा साना उद्योग विकास समितीका प्रमुख, आर्युवेदीक कार्यालय, कृषि विकास कार्यालय, नापी शाखा, मालपोत कार्यालय प्रमुख पनि जिल्ला वाहिरिएका छन् ।

त्यसै गरी कमलमाई नगरपालीका र महिला विकास कार्यालयका अधिकृतहरु अन्य जिल्लावाट दशै अगागै सरुवा भएर आउनु पर्नेमा उनीहरु अझै आएका छन् । जिल्लामा प्रमुख जिल्ला अधिकारी,डिएस्पी तथा जिल्ला शिक्षा अधिकारी,जिल्ला पशु सेवा कार्यालय तथा भुसंरक्षण कार्यालयका प्रमुख मात्रै रहेका छन् ।

Related

प्रमूखखबरहरु 1374001054736053808

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item