सिन्धुलीमा जुनार प्रसोधन केन्द्र खोल्छु:प्रधानमन्त्री भट्टराई
https://sindhulidarpan.blogspot.com/2011/09/agriculture.html
२० भदौ,सिन्धुली दर्पण
डा वावुराम भट्टराईले सिन्धुलीको विकासलाई प्राथमिकता दिने वताउनुभएको छ । आज विशाल कुमारको स्मृती सभामा वोल्दै प्रधानमन्त्रीले सिन्धुलीको जुनारलाई पहिलो प्राथमिकता दिने वताउनुभएको हो । सिन्धुली जुनारको लागी प्रख्यात भएपनी सिन्धुलीमै जुनार प्रशोधन केन्द्र नुहनु दुःखको कुरा भएको वताउनुभएको हो ।
सिन्धुलीमा उत्पादित जुनार निकै लोकपि्रय भईरहेकोमा जुनार प्रशोधन केन्द्र नहुनुले कृषकहरुमा चिन्ता र नैराश्यता छाएकोले राहत स्वरुप प्रशोधन केन्द्र खोल्न लागेको वताउनुभएको हो ।
त्यस्तै सिन्धुलीको ग्वाङखोलाकमलानदिमरिन खोलाले धेरै कृषकहरुको खेतीयोग्य जमिन वगाएको हुदा कृषि पेसालाई अभिमुखीकरण गर्ने वताउनुभएको छ । कृषक र कृषि पेसामा लागेकालागी प्रोत्साहन गर्न आफु तयार रहेको प्रधानमन्त्री डा। वावुराम भट्टराईले वताउनुभएको हो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !