आवेशमा हैन सुझवुझ पुर्ण अभिव्यक्ति हो


- धन्यवाद के एम साथी केही दिन पहिले मैले लेखेको लेखामा प्रतिकृया जनाउनु भएकोमा । यो लेख लेख्दा मैले धेरै सुझवुझका साथ लामो समय देखि आवस्यक विवरण संकलन गर्दै तयार गरेको हो । हो मैले लखेको लेख राजन दाहाल भन्ने व्यक्ति संग व्यक्तिगत पुर्वाग्रहपुर्ण सम्वन्धको उपज हैन । यो सुझवुझपुर्ण अभिव्यक्ती हो । यसमा मैले राजन दाहालको राजनीतिक आवरणमा गरिने कुकामको उजागर गर्ने काम मात्र गरेको हो ।

राजनीति मान्छेको जीवनको सवभन्दा महत्वपुण अधिकार हो । राजनीतिक आस्थाका आधारमा कसै प्रति पुर्वाग्रह गरिनु हुन्न भन्नेमा म जानकार छु । राजनीतिक आस्था भएकै आधारमा व्यक्तीको कुनै कुरालाई यो अवस्था सम्म चित्रण गरिनु हुन्न । यसमा म सचेत छु । तर यउटा व्यक्ती राजनीतिक आस्थाकै आधारमा रावणले भने झैँ 'एकोहम् द्धीतियो नास्ती भुतोना भविष्यती' भने झै म यो संसारमा  एउटै छु दोश्रो कोही छैन न विगतमा थियो न भविष्यमै अर्को कोही आउने वाल छ भनेर आउँछ भने कसैन कसैले त हिम्मत गर्नै पर्ने हुँदो रहेछ । त्यसैले मैले राजनीति आवरणमा रहेका रावणको यथार्थ सावजनिक गर्ने जमर्को गरेको हुँ । मलाई थाहा छ यो लेखलाई राजनीतिक दल विषेश विरुद्धमा आएको अभिव्यक्तीको विल्ला  भिराउन केही मित्रहरु न्वारन देखिको वल वुताले भ्याय सम्म रंग दिने प्रयासमा छन् । कोही रावणिय शैलिमा प्रस्तुत हुने राजनदाहाललाई हैन यसले तपाईको राजनीति जीवन समाप्त पार् यो । कृष्णहरिलाई सिद्याउनु पर्छ भनेर विहान वेलुका निरंतर उकास्न तल्लिन व्यक्तिहरु का वारेमा पनि जानकार छु । हो हिजो रामेछापका एक पत्रकारलाई समाचार लेखेकै आधारमा मुन्टो भाँच्ने धम्की दिने राजन दाहालको विरुद्धमा कलम चलाउनु सितिमिति छैन भन्नेहरु पनि पाएको छु । अर्कोतर्फ तपाईले ठिक गर्नु भयो नआत्तीनु हामी छौँ भन्नेहरु पनि छन् ।

म यी कुरावाट कदापी विचलित र डराएकॊ छैन । एउटा नागरिक संग हरियार र वाहुवल भएका व्यक्ति संग जुध्नका लागि केही हतियर हुँदेन । उ केवल आवाजको सहारा लिन्छ र दह्रो खवरदारी गर्छ लेखन त्यही अभिव्यक्तीको प्रतिविम्व मात्र हो । त्यसैले अल्जेरियाली कवि ताहर जाउदले कविताको एउटा अंशमा
- कृष्णहरि घिमिरे

"मौनता मृत्यू हो
तिमि वोल्छौ भने मारिन्छौ
नवोल्दा पनि मारिन्छौ
तशर्थ वोल र मृत्यू स्विकार गर ।"



भनेका छन् । साँच्चै केएम साथी यउटा नागरिक संग अन्याएको प्रतिवाद गर्ने हतियार भनेको आवाजलाई वुलन्द गर्नु हो र त्यस विरुद्धमा खवरदारी गर्नु हो । केही अगाडी नै म कार्यरत संस्था रेडियो सिन्धुलीगढीलाई राजनदाहालले फुटाई दिने र त्यसमा कार्यरतको हातखुट्टा भाँचिदिने धम्की दिए । हामी चुपचाप निरिह भएर वस्नु पर् यो । हामी त्यस वखत निरिह भयौँ । कारण दाहालको हकर्तका विरुद्धमा कोही अगाडी आएन । तै राजनीति गर्ने मान्छे । त्यसलाई सच्याएर अगाडी आउँछन् की भनेर चुपचाप वस्यौँ । हामीलाई थाहानै छ यउटा राजनीतिक नेता वन्न कति कठिन छ । एउटा व्यक्तिको तमाम त्याग र समर्पूण भावलाई जन अनुमोदित गरायर मात्र नेता वन्न सक्छ । एउटा नागरिक राजनीतिक नेताको स्थानमा पुग्न थुप्रै अग्नी परिक्षा पार गरेर मात्र सक्छ । त्यही भएर हामी केही संचारकर्मीले राजन दाहाललाई पनि सच्च्ािने अवसर थुप्रै पटक प्रदान गर् यौँ  उनले गरेकासाना ठुला गलत कामलाई समाचारवाट । अहँ उनिमा परिवर्तन आउनुको साटो झन झन उदण्डताको पराकाष्ट नाग्दै गयो । विपरित राजनीतिक विचार राख्नेका विरुद्धमा प्रहार गर्नु त सामान्य थियो हुँदा हुँदा आफ्नै दलका सहकर्मी माथी पनि आक्रमण गर्न पछी परेनन् । यस कारण मात्र नागरिक खवरदारीको रुपमा को हुन् राजन दाहाल  किन उनि हाँउगुजी  शिर्षकको लेख आएको हो ।
उनि अहिले जसरी आफ्नो राजनीतिक जीवन दाउमा पुग्यो राजनीतिक जीवन सिद्धियो भनेर कोलाहल मच्चाउँदै छन् । त्यतीवेलै सोच्नु पर्ने थिएन  यो लोकतन्त्र हो जहाँ नागरिकले स्वतन्त्र पुर्वक विचार राख्न पाउनु पर्छ । हो त्यही अभिव्यक्ती मैले आफ्नो लेखमा व्यक्त गरेँ । म आफुले कसैलाई आरोप लगाई रहँदा विस्व्ास्त हुने आधार विना कुनै कुरा गर्दिन । मैले लेखेको लेखमा उल्लेख गरेका सवललाई प्रमाण पुगे नपुगेको सवलमा ठुलो खोजविन चलेको मैले थाहा पाएको छु । समय रहँदा वस्दा जरुरी पर् यो भने म ती प्रमाणलाई सर्वजनिक गर्न सक्ने अवस्थामा छु । यसमा कसैले दुविधा नराखे हुन्छ ।
जहाँ सम्म केही दिन अघि आएको लेखलाई आधार मानेर माओवादी पार्टीको आधिकारिक विज्ञप्तीको नाममा यो लेखकलाई सचेत गराईन्छ भन्ने व्यहोरामा आएको धम्कीले पनि मेरो ध्यानाकर्षण भएको छ । इन्चार्ज ज्यू तपाई हिजो युद्धमा धेरै दुख गरेर आएको व्यक्ती । जस्ले आफ्नो पार्टीका सह इन्चार्ज राजन दाहालले गरेका तमाम गलत हर्कतलाई ढाकछोप गर्दै आउनु भयो । हिजो सम्म छोप्न सकिन्थ्यो आज त्यो छाताछुल्ल भएर आएको छ । यो लेख लेख्नु अगाडीनै विभिन्न संचार माध्यममा आएको समाचारको खण्डन किन गर्न सक्नु भएन  त्यो खन्डन गर्न वा सफाई दिन के ले रोक्यो  फेरी मैले माओवादी पर्टी यस्तो उस्तो भनेर आरोप त लगाएको छैन नी  किन तपाईलाई यती सारो चोट पर् यो । हो हिजो आलोक पुर्वााचलको कमाण्डर वनेर माओवादी मेरै वक्यौती हो भनेर आयो । समय क्रम संगै तपाईकै पार्टीले उस्लाई आलोक प्रवृती भनेर कु पात्रको रुपमा चित्रण गर् यो दस्तावेज हेर्नु होला । आज उनि कहाँ छन्  एउटा स्मृतिको पानामा सिमित वनेनन्  त्यसै गरी आज किन् तपाईको नेतृत्वमा रहेका नेता कार्यकर्ता राजन दाहालको विरुद्धमा गोल वन्द भए  हिजो सम्म एउटै मेश चलाउनेहरु आज किन टाडा भए वुझनु भएको छ  अरु कसैलाई सचेत गराउँदै गर्दा तपाईले चै सचेत हुनु पर्दैन  तपाई जस्तो राजनीतिक जीवनमा कुनै विवादमा नमुछिनु भएका व्यक्तीलाई यो विवादमा परिरहनु पर्ने आवस्यकता छैन । हो माओवादी पार्टी माथीनै आक्रमण गर्ने कोही आउँ छ भने खवरदारी गर्नुस् । तर यउटा रावणिय शैलिमा आएको व्यक्तीलाई वचाउँदा वचाउँदै तपाईलाई पनि आफ्ना कार्यकर्ताले अविश्वासको आँखाले त हेर्दैनन् । ध्यन दिन अनुरोध गर्दछु । फेरी एउटा राजनीतिक दलको जिम्मेवार नेताले संचारकर्मीलाई कसरी लेख्नु पर्छ सिकाउनु पर्छ जस्तो लाग्दैन । राजनीतिक नेताको काम राजनीति गर्ने हो संचारकर्मीको काम कलम चलाउने हो । कतै पेशा नै वदल्नु पर्ने अवस्थामा तपाई नपुग्नु होस् । मेरो यही सुझाव छ ।

यससम्वन्धी लेखको लागी यहाँ  क्लिक गर्नुहोला http://www.mysindhulidarpan.com/2011/09/article_05.html


Related

विचाररसाहित्य 5368324503847686902

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item