पानी नपर्दा धानखेति गर्ने किसानहरु मर्कामा

https://sindhulidarpan.blogspot.com/2011/09/agriculture_11.html
२५ भदौ,सुरेश बिडारी महोत्तरी
लामो समय देखि पानी नपरेका कारण महोत्तरी जिल्लामा धानखेति गर्ने किसानहरु मर्कामा परेका छन् । आकाशे पानीको भरमा रहेर खेति गर्ने किसानहरु खडेरीका कारण बढी मर्कामा परेको जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ ।
पानी नपरेका कारण धानमा रोगहरु र किराको पनि प्रकोप देखिन थालेकोले किसानहरु मर्कामा परेका हुन् । महोत्तरीमा बिएलबी नामको पात पहेँलो हुने धानको वृद्धि रोक्ने रोग देखा पर्न थालेको कृषि प्राविधिकहरुले जानकारी दिएका छन् । यसले धानको उत्पादनमा समेत असर पार्ने कृषि विकास कार्यालयका जुगेश्वर महतोले बताउनुभयो । जिल्लामा ६ हजार ३ सय हेक्टर जमिनमा धान खेति हुने गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !