कन्टेनरको चाबी विवाद निकालेर माओवादीले नाटक गरिरहेको एमाले बरिष्ठ नेता नेपालको दाबी

२५ भदौ,काठमाण्डौ 

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले हतियार राखिएका कन्टेनरको सांचो बुझाउनुलाई नाटकको संज्ञा दिनुभएको छ ।
राजधानीको एक अस्पतालमा उपचार गरारहेका युवा संघका केन्द्रीय सचिवालय सदस्य कमलराज पाठकको स्वास्थ्य अबस्थाबारे जानकारी लिएपछि संचारकर्मीलाई प्रतिकि्रया िदंदै नेता नेपालले कन्टेनरको चाबी बुझाएर अहिले नाटक मात्रै खोजिएको आरोप लगाउनुभयो । आफू प्रधानमन्त्री छंदै लडाकूका हतियार रहेको कन्टेनर सेना समायोजन विशेष समितिलाई हस्तान्तरण गरिएको भन्दै नेता नेपालले अहिले आएर सांचोको विषयमा बिबाद गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो । 
नेता नेपालले माओबादी भित्र विद्रोह र सत्ताकव्जाको मानसिकता अझै रहेको दाबी गर्नुभयो । 

शान्ति प्रकि्रयामा ढिलाई गर्न नहुने भन्दै उहांले सहमतिबाट छिट्टै लडाकूको समायोजन गर्नुपर्ने बिचार राख्नुभयो ।
युवा संंघका केन्द्रीय सचिवालय सदस्य कमल पाठकलाई तरुण दलका कार्यकर्ताले भदौ २२ गते चितवनमा आक्रमण गरी घाइते भएका थिए । पाठकको अहिले बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

Related

स्थानिय 7953937400451249891

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item