सिन्धुलीमा पानीको महसुल नतिर्ने उपभोक्ताहरुको नामावली सार्वजनिक

https://sindhulidarpan.blogspot.com/2011/09/blog-post_11.html
२५ भदौ,लोकहरि आचार्य,सिन्धुली
सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सिन्धुलीले पानीको महसुल नतिर्ने उपभोक्ताहरुको नामावली आज सार्वजनिक गरेको छ । संस्थाले आज सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरि २ हजार भन्दा माथि महसुल नतिर्ने उपभोक्ताहरुको नाम सार्वजनिक गरेको हो । संस्थाका १ हजार ६ सय ६८ व्यक्तिगत र ४४ संस्थ्ाागत सदस्य रहेका छन् ।

कतिपय सर्वे स्टमेट गलत भएकाले निर्माणमा अनावश्यक खर्च भएको संस्थाले बताएको छ । कतिपय उपभोक्ताहरुले धारामा पानी नआएकाले महसुल पनि नतिरेको उपभोक्ताहरुले बताएका छन् । आफ्नो धारामा पानी नै नआउने गुनासो गर्दा पनि संस्थाले चासो नदिएकाले आफूहरुले पनि पानीको महसुल नतिरेको उपभोक्ताहरुको गुनासो रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !