लोकपि्रय खेलाडीसिपोराले प्राप्त पुरस्कार तीन संस्थालाई सहयोग गर्ने

पोखरा २७ भदौ/

वर्षको लोकपि्रय खेलाडी सिपोरा गुरुङलेपल्सर पपुलर प्लेयर अफ दि इयर २०६७ घोषणा हुदा प्राप्त तीस हजार रुपैया तीनसंस्थालाई सहयोग गर्नु हुने भएको छ ।

सिपोराले प्राप्त पुरस्कार मध्ये पोखराकोसाहारा क्लवद्धारा साचालित सहारा एकेडेमीलाई दश हजार डटस्र क्लवद्धारा साचालित सानोसंसारमा अध्ययनरत नौ जना बालबालिकालाई दश हजार रुपैया बरावरको शैक्षिक सामग्री रयुनाइटेड क्लव भोटेवडार लमजुङलाई दश हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको छ।

लोकपि्रय खेलाडी घोषणाले मलाई सामाजिकसेवामा समर्पण गर्न उत्प्रेरित गरेकै कारण प्राप्त पुरस्कार संघ संस्थालाई सहयोग गर्न चाहेको कुरा सिपोराले बताइन । उनले भनिन खेलबाट प्राप्त प्रतिष्ठासमाज र राष्ट्रकै लागि भएकाले प्राप्त पुरस्कार सामाजिक क्षेत्रमा सहयोग गर्न चाहेको हुँ।

यसैविच लोकपि्रय खेलाडी घोषित सिपोरालाई काठमाण्डौं दरबारमार्ग स्थित माली ट्राभल्स एण्ड टुरका साचालक सुरेन्द्र मालीले एक कार्यक्रमआयोजना गरी बधाई ज्ञापनका साथ दश हजार रुपैया प्रदान गर्नु भएको छ ।

नेपाल खेलकुद पत्रकार माचद्धारा वर्षको लोकपि्रयखेलाडी सिपोरा गुरुङ, उत्कृष्ठ खेलाडी जमुना गुरुङ, दीपक महर्जन, युवा खेलाडी नेरी थापा लगायत विभिन्न विधामा उत्कृष्ठ घोषित खेलाडी र खेलकर्मीहरुलाई आज दिउसो एकबजे राष्ट्रपति डा।रामवरण यादवले बधाइ ज्ञापन तथा चियापान कार्यक्रम आयोजना गर्नुभएको छ ।

Related

खेलकुद 8879217285337389355

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item