राजदूतलाई करको दायरामा ल्याउन लेखाको निर्देशन


 भदौ २६ काठमाडौ । व्यवस्थापिका संसदको सार्वजानिक लेखा समितिले विदेशस्थित कुटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । कर वापत तिर्नुपर्ने भत्ता थप दिएर भएपनि राजदूतलाई करको दायरामा ल्याउनुपर्ने लेखाको ठहर छ । 

परराष्ट्र र अर्थ मन्त्रालयका अधिकारीसंगको छलफलपछि लेखाले पारिश्रमिकमा कर–भत्ता थप गर्न निर्देशन दिएको समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । बैठकमा परराष्ट्र मन्त्रालयका कामु सचिव दुर्गा भट्टराइले कुटनीतिक सेवामा कार्यरत कर्मचारीले कर तिर्ने अन्तराष्ट्रिय प्रचलन नभएको बताउनुभयो । बंगलादेशका लागि नेपाली राजदुत प्रदीप खतिवडाले कर तिर्न खोज्दा परराष्ट्रले अस्वीकार गरेपछि यो विवाद सार्वजनिक भएको हो ।

Related

राष्ट्रिय 8382796394531806786

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item