चितुवाले बाख्रा मार्न थालेपनि किसान चिन्तित

लोकहरि आचार्य
 भदौ २६ सिन्धुली ।  जंगली चितुवाले बाख्राको खोर मै आक्रमण गरि खसी बाख्रा मार्न थाले पछि सिन्धुलीको बेलघारी र जरायोटारका बासिन्दा चिन्तित बनेका छन् । बेलघारीको भँडार, झुँगा, निवुवाटार लगायत जरायोटार गाविसको लंगुरखोलामा चितुवाले खसी बाख्रा मार्न थाले पछि त्यस क्षेत्रका किसानहरु मर्कामा परेका हुन् । नजिकिदै गरेको दशैका लागि पालिएका खसी बोका खोर मै राती चितुवाले मार्न थाले पछि आफूहरु समस्यामा परेको बेलघारी १ का राजेन्द्र कार्कीले बताउनु भयो । 

दशैमा बेच्न ठिक्क पारिएका खसी बोका चितुवाले मारे पछि दशै खर्च जोहो गर्न समेत अप्ठ्यारो परेको ति किसानहरुले बताएका छन् । राती चितुवाको विगविगी भए पछि आजकल किसानहरुले आफू सुत्ने कोठामा नै खसी बाख्रा थुन्ने गरेको बताएका छन् । चितुवालाई मारेमा वन ऐन अनुसार कार्वाही हुने भएकाले पनि किसानहरु समस्यामा परेका हुन् । वन ऐन अनुसार चितुवा मारेमा ४० देखि ५० हजार सम्म जरिवाना वा १ देखि ५ वर्ष सम्म कैद हुन सक्ने व्यवस्था रहेको छ ।


Related

स्थानिय 8882076488255811958

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item