चीनमा नाङ्गै बिहे गर्नेको खोजी

https://sindhulidarpan.blogspot.com/2011/09/blog-post_1687.html
मान्छेका सौख पनि अनेक हुन्छन् । कसैलाई थाहा नदिई सुटुक्क नग्न बिहे गरेका जोडीको खोजी चीनका प्रहरी अधिकारीहरुले गरिरहेका छन् । तिनको मुख्य दोष थियो- नाङ्गै बिहे गर्नु । त्यस्तो क्रियाकलापलाई प्रहरीले बौलाहापन भनेको छ । नाङ्गै बिहे गरेको भनी अखबारमा तश्वीरसमेत प्रकाशन भएपछि प्रहरीहरु अप्ठेरोमा परेका हुन् ।
पछिल्लो समयमा चीनमा पश्चिमी शैली र नक्कल बढ्दै गरेको भन्दै त्यस्ता किसिमका क्रियाकलापमाथि रोक लगाउन प्रहरीहरु लागिपरेका छन् ।चीन सरकारले चलाएको संगठन चाइनिज फोटोग्रार्फस असोसिएशनले नग्न किसिमका फोटोहरु नखिच्न र नखिचाउन परिपत्र गरेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !