सडक किनारामा ३ हजार पेन्टी




अमेरिकाको ओहियोस्थित राजमार्गको किनारमा ठूलो संख्यामा महिलाले लगाउने पेन्टी फेला परेका छन् । सडक किनारामा झण्डै ३ हजार वटा पेन्टी फेला परेपछि स्थानिय बासिन्दा र प्रशासन समेत आश्चर्यमा परेको छ ।

सडक किनारका साथै पर-परसम्मको झाडिमा समेत पेन्टीहरु फेला परेका छन् । स्थानीय बासिन्दाले खबर गरेपछि जाँचका लागि पुगेका प्रशासनिक अधिकारीहरुले पेन्टिहरु विभिन्न साइजका रहेका र केही बालिकाहरुले लगाउने साना आकारका रहेका बताएका छन् । पेन्टी साथै केही प्याडसमेत त्यहाँ फेला परेका थिए ।

भेटिएका पेन्टीहरु मध्ये केही गोजीसमेत नखोलिएका नयाँ र केही लगाएर मैलिएका छन् । अधिकारीहरुका अनुसार पेन्टी यति धेरै छन् कि यी सबैलाई थुपारेर एकैठाउँ राख्दा १० वटा ठूलो झोला भरिएको छ । पेन्टी काण्डको छानविनमा संलग्न अधिकारीहरुले यति ठूलो संख्यामा पेन्टी कहाँबाट आए भन्ने कुराले आफुहरु आश्चर्यमा परेको बताए ।

स्थानिय एक कर्मचारीले भन्छन् , “मैले त्यहाँको दृश्य देखेपछि एक चोटी आफैलाई हेरेँ , जे देखिरहेको थिएँ त्यसमा पत्यारै लागिरहेको थिएन की यस्तो पनि हुँदोरहेछ ।” कर्मचारीहरुलाई सबै पेन्टी जम्मा गर्न २ घण्टा लागेको थियो ।

Related

विश्व 6976014082970284229

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item