सिन्धुली अनुगमनमा रसवरीमा झिँगैझिँगा


४ असोज,मिनकुमार दाहाल,सिन्धुली

जिल्ला अनुगमन समितिले मंगलवार सिन्धुली बजारका मिठाई पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकाँश पसलहरुमा मिठाई बनाउन प्रयोग गरिने सामानहरु गुणस्तरीय नभएको अनुगमन समितिले जनाएको छ । अनुगमनका क्रममा कनपा-९ ढुङ्ग्रेवास स्थित इन्द्रकुमार वर्माको शिद्धवावा चाउमिन एण्ड ससमा प्रयोग भएको पीठो र बंगुरको दाना गोदाम एउटै कोठामा भएको चाउमिनमा घुन देखा परेको बनाउने ठाउँमा सिमेन्टको धुलो उडेर आउने गरेको स्थलगत अनुगमनका क्रममा फेला पारेको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी भरतजंग थापाले जानकारी दिए ।

 त्यसैगरी जलील नट पाउरोटी दुनोट धुराबजारमा पाउरोटी बनाउन प्रयोग गरिने तेल मिति र व्याच नभएको कुनै कागजात नभएको बनाउने ठाँउ र स्टोर एउटै कोठामा भएको पनि थापाले जानकारी दिए । उक्त पाउरोटी पसलबाट गुणस्तरहिन ५० लि। तेल बरामद गरिएको पनि थापाले बताए । अनुगमनमा सन्तोष मिठाई पसलमा मिठाई बनाउँने ठाँउ र बनाइएको बस्तुहरु व्यवस्थितसँग नराखेको उद्योग वाणिज्य संघमा दर्ता नगरेको भेटिएको उपभोक्ता माच सिन्धुलीका अध्यक्ष अच्युतम ढकालले बताए । 

त्यसैगरी अर्को मिठाई पसल श्रीनाथ साहको सुवास मिष्ठान्न भण्डारमा प्रयोग भएको डाल्डा घिउको भाँडामा मिति र व्याच नं। उल्लेख नभएको र मिठाई बनाउँदा राख्ने ठाउँ व्यवस्थित नभएको अनुगमन समितिले जनाएको छ । त्यस्तै माढीबजारमा रहेको सेनीदेवी महतोको भोला मिष्ठान्न भण्डारमा विक्रीका लागि राखिएको रसवरीको भाँडामा ५० वटा भन्दा झिँगा फेला परेको व्यवसाय संचालनको लागि चाहिने कुनै इजाजत पत्र फेला नपरेको माचका अध्यक्ष ढकालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय सामुदायिक प्रहरी सेवा केन्द्र उद्योग वाणिज्य संघ र उपभोक्ता माचको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो ।

Related

समाज दर्पण 7639066386164014757

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item