समान सहभागिताको अभ्यास नभए पार्टी फुट्ने फोरम लोकतान्त्रिक नेता रावलको भनाइ
https://sindhulidarpan.blogspot.com/2011/09/blog-post_9649.html
३ अशोज, सिन्धुली दर्पण/
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता तिलक राबलले पार्टीमा समान सहभागिताको अभ्यास नभए पार्टी फुट्ने चेतावनी दिनु भएको छ । नेता रावलको पक्षमा रहेका मध्य र सुदूरपश्चिमका जिल्लाका फोरम लोकतान्त्रिकका सभापति र नेताहरुको आज काठमाडौमा भएको भेलाले पार्टीमा पहाड र हिमाललाई उपेक्षा गरिएको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ । सरकार राजनीति नियुक्ति र पार्टीको जिम्मेबार निकायमा पहाड र हिमालका नेताहरुलाई पनि सहभागिता नगए गम्भीर कदम चाल्ने भेलाले चेतावनी दिएको छ । आफूहरुको असन्तोषको बारेमा पार्टी अध्यक्ष विजयकुमार गच्छदारले मिलाउनेमा विश्व ब्यक्त गर्दै नेता रावलले त्यसो नभए पार्टी एकतामा समस्या आउने बताउनुभयो । प्रधानमन्त्री बाबुराम भ§राई नेतृत्वको सरकारमा सहभागी हुने इच्छा गर्नु भएका नेता राबलले यसअघि रक्षामन्त्रीमा सरकारमा जाने दावी गरेको भए पनि लोकतान्त्रिक मधेसी मोर्चाले रक्षामन्त्रालय नपाउने भएपछि उहाँ सरकारमा सहभागीहुनबाट बिाचत हुनु भएको मोर्चा स्रोतले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !