खुर्कोटमा स्ल्यासको बोतलमा लेउ भेटियो

३ अशोज, सुरेश बिडारी, सिन्धुली/
सिन्धुलीको खुर्कोटमा स्ल्यासको बोतलमा लेउ भेटिएको छ । राजधानी काठमाण्डु कोटेश्वर सिनामङ्गलमा रहेको बरुन वेभरेज नेपाल प्रालीद्वारा उत्पादित स्ल्यासको बोतल भित्र लेउ भेटिएको हो । खुर्कोट -५ पलाँसेमा रहेको पसलबाट किनेको स्ल्यास पीउन खोज्दा लेउ देखिएको क्रेता अनिल दहालले जानकारी दिनुभयो । सिन्धुलीमाढीको हिमशिखर डिलरबाट हिजैमात्र खरिद गरेर ल्याएको स्ल्यासमा लेउ देखा परेकोले आफू पनि अच्चमित भएको पसल संचालक शान्ता श्रेष्ठले बताउनुभयो । बोतलमा सन् २०११ जुलाई २८ तारिख उत्पादन मिति लेखिएको छ ।

Related

स्थानिय 3970741897035296820

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item