भूकम्प क्षतिको विवरण संकलन गरी राहत बाड्ने निर्णय

लोकहरि आचार्य
 असोज २ सिन्धुली । हिजो बेुलकी गएकोे भूकम्पबाट सिन्धुली जिल्लाका विभिन्न स्थानहरुमा भएको क्षति तथा हानी नोक्सानीका यथार्थ विवरणहरु पत्ता लगाउन तथा राहत वितरण गर्नका लागि आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैबी प्रकोप उद्धार समितिको बैठकले जिल्ला भरको यथार्य बिबरण संकलन गर्ने निर्णय गरेको छ । 

जिल्ला दैबी प्रकोप उद्धार समितिका अध्यक्ष तथा सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी बेणीमाधव ज्ञवालीको अध्यक्षतामा बसेको सो बैठकमा एकिकृत नेकपा माओवादीका जिल्ला सह–ईन्चार्ज द्धय गणेश बुढाथोकी र राजन दाहाल नेपाली का“ग्रेसका क्षेत्रिय सभापति कृष्णप्रसाद दाहाल, नेकपा एमालेका जिल्ला सचिव प्रल्हाद पोखरेल लगायतका अन्य राजनैतिक दलहरुका प्रतिनिधिहरु, पुरानो गोरख गणका गणपति गौरब केसी, सिन्धुली जिल्ला अस्तपालका डाक्टर छविलाल थापा मगर, नेपाल रेडक्रस सोसाईटी सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठ, सिन्धुली उधोग वाणिज्य संघका प्रतिनिधि रमेश प्रजापति, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । 

बैठकमा हिजो बेुलकी ६.३ बजे गएको ६.८ रेक्टर स्केलको भूकम्पबाट सिन्धुली जिल्लाका विभिन्न स्थानहरुका बासिन्दाहरुका घर–गोठ भत्किएका एवं सिन्धुलीगढी दरबारमा भएको क्षतिका बारेमा छलफल भएको  थियो । भूकम्पबाट भएको क्षतिको यथार्थ विवरण आएपछि फेरि जिल्ला दैबी प्रकोप उद्धार समितिको बैठक बसेर राहतका लागि सिफारिस गर्ने निर्णय भएको छ ।


Related

स्थानिय 606681650447585784

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item