भूमि अधिकार मंच नेपालको तेस्रो राष्ट्रिय सम्मेलन सकियो

७ असोज, सुरेश बिडारी, लालबन्दी सर्लाही/ 
सुरक्षित घरबास सबैलाई खेतीयोग्य जमिन किसानलाईु भन्ने मूल नाराका साथ असोज ५ गतेदेखि जनकपुरमा सुरु भएको राष्ट्रिय भूमि अधिकार मंच  नेपालको तेस्रो राष्ट्रिय सम्मेलन सात बुँदे जनकपुर घोषणा पत्र जारी गर्दै आज सपन्न भएको छ । सम्मेलनले सोम प्रसाद भण्डारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ राष्ट्रिय माच पनि गठन गरेको छ । नव गठित माचको उपाध्यक्षमा गुलाफदेवि राम महासचिवमा ल्याम बहादुर दर्जी सचिवमा सरस्वती सुब्बा कोषाध्यक्षमा डण्ड प्रसाद शर्मा लगाएत अन्य सदस्यहरु चयन भएका छन् ।  निर्वाचन पकि्रयामा गएपछि सदस्यका लागि ३५ जनाले उम्मेदवारी दर्ता गरेको भएपनि १६ जनाले आफनो मनेानयन फिर्ता लिएपछी १९ जना सदस्य सर्वसम्मतले चयन भएकेा निर्वाचन समितिका अध्यक्ष सुभनारायण चौधरीले जानकारी दिनुभयो । नयाँ सदस्यहरु चयन भए लगतै मधेशी पहडी क्षेत्रगत महिला सबैको प्रतिनीधित्व हुने गरी कार्य समिति निर्माण गरिएको भुमि अधिकार माचले जनाएको छ । सम्मेलनले भूमि अधिकार आन्दोलनमा मृत्यु भएका तथा घाइतेहरुको उपचारका लागि सहयोग गर्न सरकारसँग माग गर्ने लगायत कुराहरु समेटिएको सात बुँदे घोषणा पत्र जारी गरेको सर्लाही जिल्लाका  महाधिवेशन प्रतिनिधी पे्रामनाथ पौडेलले जानकारी दिनुभयो । सम्मेलनमा ५१ जिल्लाका ५सय १० प्रतिनीधि र १ सय २ जना अपर्यवेक्षक सहभागी भएका थिए ।

Related

स्थानिय 881305377275899989

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item