शिक्षकहरुको भबिबल प्रतियोगिताको उपाधि गौमति नमुना उच्च माबिलाई

६ असोज , सिन्धुली दर्पण/

उच्च माबि स्तरीय शिक्षकहरुको भबिबल प्रतियोगिताको उपाधि गौमति नमुना उच्च माबिले हात पारेको छ । आज भएको खेलमा गौमति उच्च माबिले भबिष्य निर्माता सिद्धबाबा उच्च माबि पानीट्याङ्कीलाई पहिलो सेटमा १९-२५ २१-२५ र २३-२५ को अन्तरले हराउदै जित हात पारेको हो । जित सँगै गौमति उच्च मावि माढीबजारले ९ धार्नीको खसी हात पारेको छ ।

बिजया दशमी तथा शुभ दिपावलिको अवसरमा भबिष्य निर्माता शिद्धबाबा उच्च माबिले ३ दिन अघिबाट सिन्धुलीमाढीमा आयोजना गरेको प्रतियोगितामा भबिष्य निर्माता उमाबि पानीट्याङ्की द्धितिय र सिन्धुली बहुमुखि क्याम्पस तृतिय भएका छन् । कार्यक्रमका बिजयीहरुलाई आजै जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुईटेलले प्रमाण पत्र बितरण गर्नु भएको छ ।

Related

खेलकुद 2208451366355908080

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item