संबिधान नबनेमा त्यसको मुख्य दोष माओवादी: अनेरास्वबियु केन्द्रिय अध्यक्ष माधब ढुंगेल

६ असोज , सिन्धुली दर्पण/

अनेरास्वबियुका केन्द्रिय अध्यक्ष माधब ढुंगेलले संबिधान नबनेमा त्यसको मुख्य दोष माओवादीले लिनु पर्ने बताउनु भयो । माओवादीमा अझै पनि वन्दुकको धङ्धङी वाँकी रहेको तर्क गर्दै वहाँले अव त्यो समय नभएको स्पष्ट पार्नुभयो । अनेरास्वबियु सिन्धुलीको आयोजनामा आजबाट सिन्धुलीमाढीमा सुरु भएको अन्तर क्याम्पस स्तरिय अखिल कप भलिबल प्रतियोगिताको उद्घाटन गर्दे उहाँलॆ अर्को चुनाबमा अहिलेको जस्तै सिट ल्याएर जित्न माओबादीलाई चुनौति समेत दिनुभएको छ ।

कार्यक्रममा बोल्दै ढंुगेलले गणतन्त्रको सुरुवातको आन्दोलन बिद्यार्थीहरुले नै गरेको बताउनु भयो  । उहाँले विद्यार्थीहरुले अव विकास निर्माण र शैक्षिक बिकासमा लाग्नु पर्ने भन्दै हरेक क्षेत्रको विकासमा विद्यार्थी नै अग्रपक्तीमा रहने पनि बताउनु भयो ।

कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत, एकिकृत नेकपा माओबादीका जिल्ला सहईन्चार्ज दिर्घराज श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष कमलजंग राई, एमाले मोर्चा संगठन प्रमुख खड्ग खत्री, सहायक प्रमुख जिल्ला अधिकारी बिमल पोखरेल र  जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुईटेल लगायतको उपस्थिति थियो ।

Related

स्थानिय 7502564315944301669

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item