अनावश्यक रुपमा विवाद नचर्काउन देउवा पक्षलाई सभापति कोइरालाको आग्रह
https://sindhulidarpan.blogspot.com/2011/09/blog-post_5232.html
४ असोज, सिन्धुली दर्पण/
नेपाली काङ्ग्रेस सभापति सुशील कोइरालाले भातृ संस्था विघटनको विषयलाई अनावश्यक रुपमा नचर्काउन वरिष्ठ नेता शेरबहादुर देउवा पक्षलाई आग्रह गर्नुभएको छ । आफ्नै निवास महाराजगाजमा आज साचारकर्मीसँग सभापति कोइरालाले पार्टी केन्द्रीय समितिको निर्णय विरुद्व नजान देउवा पक्षलाई आग्रह गर्न्र भएको हो । कोइरालाले भातृ संस्था विघटनको निर्णय विरुद्व काङ्ग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा देउवा पक्षले जारी राखेको आमरण अनशन तोड्न आग्रह समेत गर्नुभयो । भातृ संस्था विघटन गरिएको नभई कार्यकाल सकिएकोले अधिवेशनका लागि नयाँ प्रकि्रया सुरु गर्न केन्द्रीय समितिले विघटनकेा निर्णय गरेको सभापति कोइरालाको भनाइ छ । देउवा पक्षको असहतिका बावजुद केन्द्रीय समिति बैठकले अस्ति राति नेपाल तरुण दल नेपाल महिला संघ आदिवासी जनजाति संघ र प्रजातान्त्रिक सेनानी संघ विघटन गर्ने निर्णय गरेको थियो । यसैगरी देउवा पक्षीय भेला पनि देउवा निवास बूढानीलकण्ठमा चलिरहेको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !