सिन्धुलीको पीसीएफ कोटाको २ करोड ५० लाख फ्रीज
https://sindhulidarpan.blogspot.com/2011/09/economic_21.html
४ असोज,सिन्धुली दर्पण
शिक्षामा सवैको पहँुच पुग्यो भन्ने उदेश्यले नेपाल सरकारले हरेक वडामा एउटा प्राथमिक विद्यालय संचालन गर्ने भनिए पनि जिल्लाको ३७ गाविसको सवै वडामा प्राथमिक विद्यालय नभएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । दुधौली गाविसको नौं वडा मध्ये ३ वडामा प्राथमिक विद्यालय छैन् । त्यसै गरी अरुणठाकुर गाविसमा २ककुरठाकुर गाविसको २रतनचुरा गाविसको १तोश्रामखोला गाविसको ३खोलागाँउ गाविसको १पोखरी गाविसको १कल्पवृक्ष गाविसको २कपिलाकोट गाविसको १स्वल्पाठाना गाविसको ३ वटा वडामा प्राथमिक विद्यालय स्थापन हुँन सकेको छैन् । त्यसैगरी खाङ्गसाङ्ग गाविसको ३रत्नावती गाविस २टाँडी गाविसको चार वटा वडाहरुमा विद्यालय छैन् ।
सिन्धुली जिल्लाका विभिन्न विद्यालयका लागि सरकारले विद्यार्थी संख्याको आधारमा उपलब्ध गराउने भनि आएको पीसीएफ कोटाको २ करोड ५० लाख रुपैयाँ रकम फ्रीज भएको छ । जिल्ला शिक्षा समितिले समयमा दरबन्दी मिलान गरी आवस्यक विद्यालयमा कोटा वितरण गर्न नसक्दा जिल्लामा आएको रकम पनि फिर्ता भएको शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लामा ३ सय ३६ वटा विद्यालयहरु रहेकाछन् । जसमा १ सय ८६ वटा प्रावि ७६ वटा निमावि १ सय ४ वटा मावि र ५७ वटा उमाविहरु रहेकाछन् । त्यसैगरी अनुमति प्राप्त प्राविको संख्या १ सय ७२ वटा रहेको छ ।
यी विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीका लागि आवस्यक शिक्षक नहुदा पढाइमा समेत असर परिरहेको छ । गाउँमा सन्चिालित विद्यालयमा विद्यार्थी संख्याका आधारमा शिक्षक नहुँदा विद्यार्थी तथा अभिभावक मारमा परेकाछन् । जिल्लाका राजनीतिक दलका भागवण्डाका कारण जिल्लामा आउने विकास बजेट वितरण गर्ने परिपाटिले यसरी आएको रकम समेत फि्रज हुने गरेको छ । जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुइटेलले शिक्षा विभागले असारको अन्तिम साता मात्र रकम निकासा गरेका कारण रकम वितरण गर्न नसकेको बताउनुभयो ।
सिन्धुलीका १६ विद्यालय गाभिदै
जिल्ला शिक्षा कार्यालय सिन्धुलीले चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा रहेका १६ विद्यालयलाई नजिकैको अर्को विद्यालयमा गाभ्ने तयारी गरेको छ । विद्यालय गाभ्न जिल्ला शिक्षा कार्यालयले नक्सांकन सम्वन्धी प्रतिवेदन तयारपारी सकेको जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुइटेलले वताए । विद्यालय गाभ्ने नक्सांकन प्रतिवेदनको आधारमा विद्यालयमा विधार्थीको संख्या र विद्यालय विचको दुरीलाई आधार वनाएर विद्यालय गाभ्न लागीएको जिसिअ लुइटेलले जानकारी दिए ।
विद्यालय गाभ्ने नक्सांकन प्रतिवेदनको आधारमा गाभ्नु पर्ने विद्यालयहरुमा वर्देउठाकुर प्रावि माझीटार नजिकको ठुलो विद्यालय पानीट्याकीं गाभ्ने तयारी भैरहेको जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुइटलले वताए । ठाकुर प्रावि वेसारे भद्रकालीबाराहीदेवी प्रावि लखर्ककालिका प्रावि दुजिङ्गलाई वाराही प्रावि लखर्कमा गाभिने भएको छ । त्यसैगरी मरघट्टी प्रावि टाँडीलाई उमावि मैनी र वालज्योती प्राविालाई मंगलपुर टाँडीमा गाभ्ने तयारी भएको छ । किटेनीटार प्रावि वेलडाँडालाई सरस्वती उच्चमाविमा गाभ्ने तयारी भैरहेको छ । प्रावि गैरी थाप्लेलाई प्रावि ओडारे जिनाखुँमा सारिने भएको छ । प्रावि च्याखुटार र प्रावि विर्ताटार मध्ये एक विद्यालयमात्र संचालन गर्नु पर्ने ठहर विद्यालय गाभ्ने नक्सांकन प्रतिवेदनले गरेको छ ।
त्यसै गरी प्रावि पन्नेसी र प्रावि सुके मध्ये एक विद्यालयमात्रै संचालन हुन सक्ने प्रतिवेदनमा उल्लेख गरीएको छ । ज्ञानमाला प्राविलाई प्रावि तारुफेदीप्रावि वाग्छेडालाई निमावि तिनतलेकालिका प्रावि वोझो र जनता प्रावि कालिमाटीलाई फोस्रेटार उमाविमा गाभ्ने तयारी जिल्ला शिक्षा कार्यालयले गरेको छ । यसैगरी प्रावि मुल्कोट र नवज्योती प्रावि रामटारलाई निमावि परेवाडाडा गाभिने भएको छ । प्रावि नेपाल थोक दाडिमवोट र प्रावि दुम्जालाई उच्चमावि गुठवजारमा सार्ने तयारी जिल्ला शिक्षा कार्यालयले गरेको छ ।
जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क अनुसार हर्षाही गाविसको ५ सर्िर्थौली गाविसको ३जिनाखँु गाविसको १वितिजोर गाविसको १भुवनेश्वरी गाविसको ३भ्याडी गाविसको २पिपलमाढी गाविसको २ वटा वडमा प्रावि विद्यालय स्थापना भएको छैन् । त्यसैगरी हरिहरपुरगढी गाविसको २कमलामाई नगरपालीका १निपाने गाविस ५रानिवास गाविस ४हत्पतेको १सितलपाटीको १ मझुवा १भिमेश्वरको २जलक्या ३डाडीगुरासे २पुरानोझागाझोली १झागाझोली १वेलधारी ३भिमस्थान १वालाजोर १आम्वोटे ३जरायोटार १ वडाहरुमा प्राथमिक विद्यालय हाल स्थापना गरीएको छैन् । भने हाल सम्म नेत्रकाली गाविसमा एउटा पनि माध्यमिक विद्यालय स्थापना नभएको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कले देखाउ छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !