प्रधानमन्त्री र बोलिभियाका राष्ट्रपतिबीच भेटवार्ता आज पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुने


४ असोज, अमेरिका 


न्युयोर्क भ्रमणमा रहनुभएका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र वोलिभियाका राष्ट्रपति इभो मर्लेसबीच भेटवार्ता भएको छ । गएराति न्युयोर्कमा भएको भेटमा कम्युनिष्ट साससमा नागरिकका अनुभुतिबारे छलफल भएको थियो । भेटमा विश्वभर कम्युनिष्टहरुको लहर कसरी ल्याउन सकिन्छ भन्नेवारे पनि उहाँहरुबीच कुराकानी भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । उहाँहरुबीच विश्वभरका बामपन्थीहरुबीचको सहकार्यको संभावनाका बारेमा समेत कुराकानी भएको छ । 

प्रधानमन्त्री डाक्टर भट्टराईले गएरातिनै नर्वे र क्युवाका विदेशमन्त्रीहरुसँग पनि भेटवार्ता गर्नुभएको छ । यसैबीच प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई संयुक्त राष्ट्रसंघको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको । 

प्रधानमन्त्री आजै संयुक्त राष्ट्रसंघका महासचिव वानकि मुनले आयोजना गर्ने दिवाभोज र अमेरिकाका राष्ट्रपति बाराक ओवामाले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुहुनेछ । 

भट्टराईले आउँदो ७ गते महासभाको पहिलो सत्रमा संबोधन गरेपछि राष्ट्रसंघका महासचिव बान कि मुन भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन िसंह र चिनियाँ प्रधानमन्त्री बेन जियाबाओसँग भेटवार्ता गर्नुहुनेछ ।

Related

स्थानिय 3814782591268605689

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item