लिस्बनमा बिष्णु खत्री र यश कुमारले दशैँ बिशेष सांस्कृतिक धमाका प्रस्तुत गर्ने


रामहरि लामिछाने
 ४ असोज  लिस्बन   ।  पोर्तुगलको राजधानी शहर लिस्बनमा "दशैँ बिशेष सांस्कृतिक कार्यक्रम २०११" हुने भएको छ  । नेपाल पोर्तुगल कला संस्कृति तथा साहित्य संचार परिषद र नेपाल पोर्तुगल मैत्री संघ संयुक्त आयोजनामा दशैं बिशेष संस्कृतिक धमाका कार्यक्रम हुनेभएको हो ।

नेपालका चर्चित एबम ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु बिष्णु खत्री र यश कुमारको साथमा पोर्तुगल निवासी स्थानीय कलाकार हरुको पनि जमघट हुने छ।  बिजया दशमी २०६८ को पवन अवसरमा शुभकामना आदान प्रदान एबम बिशुद्द मनोरंजन गराउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रम यहि सेप्टेम्बर २५ तारिख आइतबारका दिन लिस्बोन स्थित अडीटोरेयम कमोइस स्तेफानियामा दिनको ३ बजे देखि साँझ ७ बजे सम्म चल्ने आयोजक संस्थाहरुले दिएका छन्।


गायक यश कुमारका मैले छोएको पनि चल्दैन ......म कहिले हासेको थिए ,,,,लगायतका गीतहरु  र लोक गायक बिष्णु खत्रीका   भरिया दाईले बिसाउने   भारी.....कि लास चहियो कि सास चहियो ..लगायतका गीतहरु श्रोता माझ लोक प्रिय छन्।

यस अघि गायक द्वयले युरोपका जर्मनी ,डेनमार्क , बेल्जियम लगायतका देशका विभिन्न शहरहरुमा आफ्नो प्रस्तुति देखाईसकेका  छन् ।

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item