साउदीमा अहिलेसम्म चार हजारबढी नेपालीको मृत्यु

साउदी अरेबियामा कूटनीतिक नियोग स्थापना भएदेखि अहिलेसम्म चार हजारबढी नेपालीले ज्यान गुमाएका छन् । साउदी अरेबियाका लागि नेपालका उपनियोग प्रमुख हरिशचन्द्र घिमिरेले विभिन्न कारणवश अहिलेसम्म चार हजारबढी नेपालीले ज्यान गुमाएको जानकारी दिए । खाडी देशमध्ये साउदी अरेबिया जान सस्तो भएकाले धेरै नेपालीहरु त्यसतर्फ जाने गरेका छन् ।  घिमिरेले विगतमा दूतावासबाट केही गल्ती भएकाले नेपालीहरुले दुःख पाएको बताए । 


तर, आगामी दिनमा भने त्यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता उनले जनाए । घिमिरेका अनुसार दुर्घटनामा परी ज्यान गुमाएका नेपालीका करिब ९० वटा शव अहिले पनि विभिन्न अस्पतालमा छन् । शव नेपाल पठाउन निकै गाह्रो हुने भएकाले बढीमा ८ महिनासम्म लाग्ने गरेको उनको भनाइ छ । अहिले साउदी अरेबियाको जेलमा कति नेपाली छन् भन्ने तथ्यांक कसैसँग छैन । 


दूतावासमा कर्मचारीको संख्या कम भएकाले सम्पूर्ण नेपालीको तथ्यांक संकलन गर्न नसकिएको घिमिरे बताउँछन् । त्यस्तै, साउदीका लागि नवनियुक्त राजदूत उदयराज पाण्डेले यहाँ रहेका नेपालीका समस्या समाधान गर्न आफू दिन-रात लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । विगतमा दूतावासबाट भएका गल्ती दोहोरिन नदिने र नेपालमा साउदीको दूतावास खोल्न प्रयास गर्ने उनको भनाइ छ ।  पाण्डेले कुनै पनि नेपालीले अप्ठ्यारो महसुस गरे आफूलाई जुनसुकै समयमा खबर गर्न अनुरोध गर्दै मोबाइल नम्बरसमेत दिएका छन् । उनले छिट्टै सम्पूर्ण कर्मचारीको सम्पर्क नम्बर दूतावासको वेबसाइटमा राख्ने तथा उत्तरमेसिनसहितको टेलिफोन पनि जडान गर्ने जानकारी दिए ।

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item