शान्ति प्रक्रियाका कारण संविधान निर्माणको काम अवरुद्ध

 २३ भदौ काठमाडौ  । शान्ति प्रक्रियाका सम्बन्धमा राजनीतिक सहमति जुटन नसकेपछि संवैधानिक समिति अन्तर्गतका विवाद समाधान उपसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । लगातार दुई दिनको स्थगनपछि संसद सचिवालय सिंहदरबारमा आज बसेको उपसमिति बैठकमा काङ्गे्रसले शान्ति प्रक्रियामा राजनीतिक सहमति भएपछि मात्र राज्यपुनर्संरचना आयोगको विकल्पबारे सोच्न सकिने बताएपछि उपसमिति बैठक निस्कर्षहीन भएको हो ।

राजनीतिक सहमति नभई बैठक बस्नुको औचित्य नभएकोले केही दिनका लागि बैठक स्थगित गरिएको उपसमिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । बैठकमा काङ्गे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति प्रक्रिया टुङ्गिने विश्वसनीय आधार तयार नभएसम्म राज्यपुनर्संरचना आयोगको विकल्पबारे निर्णय गर्न नसकिने बताउनुभएको थियो । 

उपसमितिले विज्ञप्ति जारी गर्दै गम्भीर र संवेदनशील विषयमा राजनीतिक तहमा दलहरुबीच परामर्श हुनुपर्ने महसुस गरिएकोले उपसमितिको बैठक केही दिनपछि राख्ने सहमति भएको उल्लेख गरेकोछ  ।

Related

स्थानिय 1537961990221977982

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item