सर्लाहीको कालिञ्जोका एक व्यक्ति चनाचटपटे बेचेरै परिवार पाल्न र घरघडेरी जोड्न सफल

 २३ भदौ सर्लाही ।  परिश्रम र मेहनत गर्न लाज र अल्छी नमान्ने हो भने आफ्नै गाउँ ठाउँमा बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाउन सफल हुनु भएको छ।  सर्लाहीको कालिञ्जोर गाविस वडा नं.३, घारीबथानका विष्णु दाहाल । आफ्नै गाउँ घरमा चनाचटपटे बेच्ने पेशा गरेर ३० वर्षिय दाहाल, पाँच जनाको परिवार पाल्न मात्र होईन घरघडेरी जोड्न समेत सफल हुनु भएको हो । 

अर्काको घरमा सहारा लिएर दैनिक रुपमा बनिबुतो र ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आउनु भएका दाहालले एक वर्ष अघि शुरु गर्नु भएको चनाचटपटे व्यापारबाट अहिले गाउँमा सात धुर घडेरी खरिद गरी कच्ची घर समेत बनाई सक्नु भएको छ ।

Related

स्थानिय 525716916197239508

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item