सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य, 
 २३  भदौ सिन्धुली । पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो । 

रैथाने विउको रुपमा चिनिएको घैया धान उत्पादनको हिसावले कम फल्ने भए पछि लगाउन छाडेको किसान प्रलाद पोखरेलले बताउनु भयो । सिंचाईको सुविधा नभएको ठाउँमा घैया धान फल्ने भए पनि कतिपय किसानहरुले विउ नै नपाएकाले लगाउन नै छोडिसकेका छन् ।


Related

स्थानिय 2788001059503381790

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item