साउदी अरेवियामा ४ हजार भन्दा बढी नेपालीको मृत्यु ,के हेर्दै छ नेपाल सरकार ?

https://sindhulidarpan.blogspot.com/2011/09/news_10.html
भदौ २४ काठमाडौ । साउदी अरेवियामा कुटनितिक नियोग स्थापना भए देखी अहिले सम्म ४ हजार भन्दा बटी नेपालहरुको विभिन्न कारणबस मृत्यु भएको खुलासा भएको छ । साउदी अरेवियाका लागी उप नियोग प्रमुख श्री हरिशचन्द्र घिमिरेले सो खुलासा गरेका हुन ।
गल्फ देशहरु मध्य साउदी अरेविया बैदेशीक रोजगारीको लागी सबै भन्दा सस्तो र धेरै नेपालीहरु ज्ने देश मानिन्छ । यहाँ ५० हजार भन्दा बढी महिलाहरु ह्ाउस मेडको लागी विभिन्न बाटो भएर आएको अनुमान गरिन्छ भने ६ लाख भन्दा बढी नेपालीहरु रहेको अनुमान छ । त्यस्तै ७० हजार भन्दा बढी नेपालीहरु कम्पनि छाडेर ईलीगल रुपमा काम गरि बसेको बताईएको छ ।
घिमिरेले विगतमा दुताबासबाट केही गल्तीहरु भएकोले आउदो दिनहरुमा उक्त गल्ती नदोहोर् याउने प्रतिबद्वता समेत व्यक्त गरे । उनले अहिले साउदी अरेवियाको विभिन्न हस्पीटलहरुमा ८०-९० को हाराहारीमा विभिन्न दुर्घटनामा परि मृत्यु भएका नेपालीहरुको लास नेपाल पठाउन बाकी रहेको उनले जानकारी दिए । नेपालीको लास नेपाल पठाउनलाई साउदी अरेवियाबाट त्यत्ति सहज नभएकोले बढीमा ८ महिनासम्म लागेको समेत स्विकार गरे उनले ।
अहिले साउदी अरेवियाको झेलखानमा कति नेपालीहरु छन भनेर उनले एकिन गर्न नसकिएको बताउदै स्पष्ट रुपमा साउदी अरेवियाको झेलखानामा गएर तथ्यांङ्कहरु लिने नगरेको समेत स्वीकार गरेका थिए । उनका अनुसार दुताबासमा कर्मचारीहरुको नपुग भएकैले यो समस्या आएको अब तालिका बनाएर झेलखानामा गएर नेपालीहरुको तथ्यांङ्क बटुल्ने जानकारी दिएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !