सिन्धुलीका विभिन्न गाउँहरुमा इन्टरनेटको प्रयोग

लोकहरि आचार्य
 २४ भदौ सिन्धुली  ।  इन्टरनेटको बढ्दो प्रयोग अब सदरमुकाम तथा शहरी क्षेत्रमा मात्र नभई ग्रामिण भेगमा पनि बढ्न थालेको छ । सिन्धुलीका विभिन्न गाउँहरुमा इन्टरनेटको प्रयोग बढ्दो छ । विद्यार्थी, स्थानीय व्यवसायी लगायतका व्यक्तिहरूलाई लक्षित गरी सिन्धुलीका विभिन्न गाउँहरुमा कम्प्युटर सिकाउने पसल लगायत साइवरहरु खुल्न थालेका छन् । 

सिन्धुलीको कपिलाकोट, भीमान, बेलघारी, चकमके लगायतका ठाउँमा यस्ता पसलहरु संचालनमा आए पछि इन्टरनेटको प्रयोग पनि बढ्दोे छ । गाउँमै इन्टरनेट चलाउन पाउँदा त्यस क्षेत्रका युवा तथा विद्यार्थीहरु उत्साहित भएका छन् आर्थिक अभावका कारण सदरमुकाम तथा अन्यत्र गएर सिक्न नसकेका स्थानीय विद्यार्थीहरुलाई न्यून शुल्कमा ति पसलहरुमा कम्प्युटर पनि सिकाइने गरेको छ ।



Related

स्थानिय 1543320729799936233

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item