मानव विकास सम्वन्धि आठौ अन्तर्राष्टिय सम्मेलन नेपालमा
https://sindhulidarpan.blogspot.com/2011/09/news_8073.html
१८ भदौ,काठमाण्डौ
मानविय विकासका सम्वन्धमा केन्द्रित भएर छलफल गर्न विश्वका ३ सय भन्दा बढी विज्ञहरु सन् २०१२ मा नेपालमा आउने भएका छन् ।
नेतृत्व विकास शिक्षा शान्त्ति र शुसासन वातावरण लगायतका विषयमा छलफल गर्न सन् २०१२ को अक्टोवर २९ देखि नोभेम्बर २ सम्म आयोजना हुने म्ाानव विकास सम्वन्धि आठौ अन्तर्राष्टिय सम्मेलनमा विज्ञहरु नेपालमा भेला हुने भएका हुन् ।आज काठमाण्डूमा पत्रकार सम्मेलनको आयोजना विश्वव्यापीरुपमा मानवीय विकासमा काम गर्दै आएको जनता तथा सस्था रुपान्तरण नेपाल आईसीए ले मानव विकासका बारेमा नेपालमा पहिलो पटक छलफलको आयोजना हुन लागेको जनाएको हो ।
सम्मेलनमा युवा सम्मेलनको पनि आयोजना हुने भएको छ भने विदेशी सहभागिहरुलाई नेपाल चिनाउने भ्रमणको पनि आयोजना गर्ने भएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !