शिक्षकद्धारा छात्रामाथि मरणासन्न हुने गरि कुटपिट
https://sindhulidarpan.blogspot.com/2011/09/society_13.html
२७ भदौ,सिन्धुली दर्पण
सिन्धुलीको महादेबडाँडा गाँऊ बिकास समिति स्थित महादेबडाँडाँ उच्चमाबिमा अध्ययनरत छात्रालाई चोरि गरेको आरोपमा बिद्यालयका प्रधानाध्यापक लगायतका शिक्षहरुले मरणासन्न हुने गरि कुटपिट गरेका छन् ।
बिद्यालयका प्रधानाध्यापक चुडामणी आचार्य शिक्षक निरकुमार बिक लगायतका शिक्षकहरुले स्थानीय निर्प खत्रिको १७ बर्षिया छोरी मनमायाँ खत्रिलाई कुटपिट गरेको पिडितका आफन्तले बताएका छन् । कुटपिटबाट बेहोस बनेकि छात्रालाई हल्ला नगर्न आग्रह गर्दे पाँचसय रुपिया दिएका थिए ।
बिहान कुटपिटबाट बेहोस भएकि छात्राको बेलुका साझ अत्याधिक रक्तश्राब भएको अवस्थामा घर पुगेको समेत आफन्तले जानकारी दिएका छन् । बिद्यालयमा बितरण गरिएको छात्रबृत्तिको रकम चोरी गरेको आरोपमा उनिमाथि कुटपिट गरिएको बताईएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !