सामुहिक कुटपिटबाट युवकको हत्या

https://sindhulidarpan.blogspot.com/2012/04/s_2597.html
कञ्चनपुर,वैशाख ११ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बाँसखेडा गाउँका एक युवकको स्थानीय युवाको समूहले हत्या गरेको छ । चार जनाको सङ्ख्यामा रहेको समूहको गएराति ३६ वर्षका तेजबहादुर महताको मझगाउँ नजिकै हत्या गरेको हो । सदरमुकाम महेन्द्रनगरबाट मोटरसाइकलमा घरतर्फ गइरहेका महतालाई मदिरा सेवन गरेर सडकमा बसिरहेका युवाहरुले नियन्त्रणमा लिएर ढुङ्गा प्रहार गरी हत्या गरेको जिलला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार महताको शव बाँसखेडा नजिकै पर्ने खोलामा फेला पारेका थियो ।
प्रहरीले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेको छ । हत्यामा संलग्न बाँसखेडाका उमेश नेपाली, मंगल रावत र रञ्जित रावतलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बलराम विष्टले जानकारी दिनुभएको छ । हत्यामा संलग्न महेश रावतको प्रहरीले खोजी गरिरहेको छ । पक्राउ परेका तीनै जनाले प्रहरीसागको प्रारम्भीक बयानमा महतासँग विवाद भएपछि कुटपिट गरेर हत्या गरेको स्वीकार गरेका छन । उनीहरुविरुद्व कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर कारबाही प्रक्रिया अगाडी बढाईएको प्रहरी निरीक्षक विष्टले बताउनुभयो । हत्या गरिएका महताको शव महाकाली अञ्चल अस्पतालमा पोष्टमार्टमपछि परिवारजनलाई बुझाइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !