महोत्तरीमा जारी २०/२० क्रिकेट टुर्नामेन्टमा वटौवा र गौशाला विजयी


 महोत्तरी,वैशाख ११ । 
महोत्तरीको भरतपुमा जारी क्षेत्रस्तरीय २०÷२० क्रिकेट टुर्नामेन्ट प्रतियोगितामा आजको खेलमा महोत्तरीका वटौवा र महोत्तरी गौशाला टिम विजयी भएका छन् । स्थानिय जन जागृति युवा क्लबको आयोजना लक्ष्मीनियाँ खेल मैदानमा भएको आजको पहिलो खेलमा टस जिती व्याटिङ्ग गर्न उत्रेको कालीपुर टिम १४.१ ओभरमा सबै विकेट गुमाई मात्र ६३ रन जोडन सफल भएको थियो । 

जवाफी व्याटिङ्ग गर्न मैदानमा उत्रेका वटौवा टिम ९ ओभरमा ५ विकेटको क्षतिमा ६४ रन जोडन सफल भएका थिए । वटौवातर्फबाट सुशिल कुमार ११ रन र चन्दन कमारले १० रनको योगदान दिएका थिए भने आजको म्यान अफ द म्याच आशिष श्रेष्ठलाई प्रदान गरेको आयोजकले जनाएका छन् । 

त्यस्तै आजको दोस्रो खेल महोत्तरीको रामगोपालपुर टिम र गौशाला टिमबीच हुने भएपनि रामगोपालपुर अनुपस्थित भएको कारण गौशालालाई वाक ओभर दिई विजयी घोषित गर।ेका आयोजक क्लबको अध्यक्ष अनुजकुमार सिंहलाई उद्धृत गर्दै महोत्तरी खेलकुद पत्रकार मन्चले जनाएका छन् । प्रतियोगिता यही बैशाख १६ गतेसम्म जारी रहनेछ । 

Related

प्रमूखखबरहरु 2321922858357024680

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item