बलात्कार गर्न खाज्ने पक्राउ

सिन्धुपाल्चोक,  वैशाख ११। 


सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोटकी १८ बर्षीया उर्वशी कोइरालालाई बलात्कार गर्न खोज्ने स्थानीय २५ बर्षीय प्रकाश नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहान मामाघरवाट फर्कदै गर्दा जंगलको बीचमा उर्वशीलाई प्रकाशले जवरजस्ती गर्न खाजेका थिए । ‘म हिडिरहेको थिएँ । एक्कसी पछाडिवाट आएर मेरो हात समात्यो ।’ उर्वशीले भनिन्, ‘ तर म फुत्किएर भाग्न सफल भएँ ।’


आफू जति भाग्दापनि उसले पछ्याएको उनले वताईन् । ‘एक जना दिदी बाख्रा हेर्न आउनु भएको रहेछ, उहाँका कारण प्रकाश भागेर गयो ।’ उनले भनिन् । प्रकाशले आफू सँग भएको मोवाईल सेट र पाँच सय रुपियाँ पनि लगेको उर्वशीले वताईन् । उर्वशीलाई जवरजस्ती गर्न खोज्ने प्रकाशलाई गाउँलेले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बाह्रविसेमा वुझाएका छन् । 

Related

विविध 8444363764787577099

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item