बिद्यालय बन्द नगर्न अधिकारकर्मीहरुको आग्रह

https://sindhulidarpan.blogspot.com/2012/04/s_2632.html
सिरहा,वैशाख १२ ।
नेपाल आदिबासी जनजाति महासंघ सिरहाद्वारा आज सिरहा लगायत तराई बन्दको कार्यक्रममा शिक्षण संस्थालाई समेत बन्द गर्न गरिएको आह्वानप्रति सिरहाका अधिकारकर्मीहरुले ध्यानाकर्षण भएको जनाउँदै बिद्यालयलाई निर्वाध रुपमा सुचारु हुन दिन आग्रह गरेका छन् ।
समग्र जन उत्थान केन्द्र, मानवअधिकार एलाईन्स, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानवअधिकार संचार प्रतिष्ठान नेपाल, ओरेक नेपाल सिरहा, महिला मुक्ति नेपाल लगायतका संघसंस्थाहरुद्वारा संयुक्त रुपमा जारी बिज्ञप्तीमा बिद्यालयलाई राज्यले समेत अन्तराष्ट्रिय मान्यता अनुरुप शान्ति क्षेत्र घोषणा गरिसकेकोले त्यस्को पालन गर्न आग्रह गरिएको छ । जिल्लामा समेत बिद्यालयलाई शान्तिक्षेत्र घोषणा गरि बालबालिकाहरुको पठनपाठनलाई प्रभावकारी रुपमा संचालन गर्नतर्फ सबैले पहल थाल्नुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !