आदिबासीहरुद्धारा तराई बन्द, जनजिवन प्रभावित

https://sindhulidarpan.blogspot.com/2012/04/s_2906.html
काठमाण्डौ,वैशाख १२ ।
नेपाल आदिबासी जनजाति महासंघले आज तराई बन्दको आव्हान गरेको छ । बन्दका कारण मध्यपश्चिमका बिभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । मध्यपश्चिमको औद्योगिक नगरी नेपालगंजमा बन्दको बढि मात्रामा प्रभाब देखिएको छ । नेपालगंजबाट छुट्ने लामो तथा छोटो दुरिका सवारी साधनहरु आज बिहानै चल्न पाएका छैनन् । मालबाहक ट्रकहरु पनि बिभिन्न ठाँउमा रोकिएका छन् ।
आदीबासी जनजातिहरु नेपालगंजका बाँकेका बिभिन्न स्थानमा जम्मा भई यातायात संचालनमा रोक लगाएका छन् । नेपालगंज, खजुरा, कोहलपुर लगायतका स्थानमा जनजातिहरु जम्मा भई यातायात तथा बजार बन्द गराउदै हिडेको प्रहरीले जनाएको छ । सर्बसाधारणलाई अप्ठ्यारो नहोस् भन्दै नेपालगंज नगरमा साना सवारी साधनहरु मोटरसाईकल, रिक्सा, टांगा, साईकिल भने चल्न दिईएको छ ।
नेपाल आदिबासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगरले केन्द्रिय निर्णय अनुसार बन्द गरिएको जानकारी दिनुभयो । जातिय पहिचानको आधारमा राज्यको पुनसंरचना सुनिश्चीत गर्नुपर्ने, आदिबासी जनजातिहरुको पहिचानको आधारमा प्रस्ताबित प्रदेशहरुको संख्या घटाउन नहुने मागहरु उनीहरुले राखेका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !