सोली र डाला भरी काफल

पृथ बयलकोटी,
दैलेख,वैशाख १२ । 
दैलेखमा गर्मी मौसमको सुरुवातसंगै काफल पाक्ने, टिप्ने र बेच्नेक्रम सुरु भएको छ । सदरमुकाम लगायत जिल्लाका मुख्य बजारमा काफलले भरिएका सोली र डाला देखिन थालेका छन् । काफल बेच्नको लागी १० वर्षे बालबालिका देखि ६० वर्षिय बृद्वबृद्धासम्म बजार धाउने गरेका छन् ।

काफलको माग धेरै भएपछि आफूहरुलाई काफल बेच्न भ्याईनभ्याई भएको मालिका सिस्नेका पदम थापाले बताउनुभयो । हिजोआज  काफल बेचेरै दैनिक एक हजार भन्दा बढी आम्दानी हुने गरेको कालभैरबका भीमबहादुर खत्रीले बताउनुभयो ।

सदरमुकादेखि काफल खानकै लागि लेकसम्म जानेको संख्या बढेको छ । मौसमले साथ दिएका कारण दैलेखमा यस वर्ष अरु वर्ष भन्दा धेरै काफल फलेको छ ।

Related

प्रमूखखबरहरु 584232606713827680

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item