वैद्य पक्षीय युवाहरुको छुट्टै भेला,
https://sindhulidarpan.blogspot.com/2012/04/s_478.html
काठमाण्डौ,वैशाख १२ ।
एकीकृत नेकपा माओवादीको वैद्य समूहले आफू निकटका युवाहरुको भेला आज बोलाएको छ । पार्टीको सस्थापन पक्ष विरुद्ध र आफ्नो लाइनको नीति अनुसार जनपरिचालनका विषयमा छलफल गर्न वैद्य समूहले भेला बोलाएको हो । भेलामा आयोग्य र स्वच्छिक अवकास राजेको पूर्व लडाकू, वाईसीएलका कार्यकर्ता, क्रान्तिकारी विद्यार्थी संगठनका अगुवाहरु सहभागि हुनेछन् ।
देशभरीका सबै जिल्लाहरुबाट अगुवा युवा कार्यकर्तालाई भेलामा बोलाइएको छ । जनपक्षिय र जनपरिचालनका विषयमा युवा सहभागिताको छलफल गर्न भेला बोलाइएको वैद्य पक्षिय मानिने नेता हितमान शाक्यले जानकारी दिनुभयो ।
स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको जनस्वयंसेवक परिचालन ब्युरोलाई सक्रिय गराउने विषयमा पनि छलफल हुनेछ । भेलालाई उच्चतहका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !