अनेमसंघको अध्यक्षमा फेरि भण्डारी

पोखरा,वैशाख १२ । 
नेकपा एमाले निकटको अखिल नेपाल महिला संघको छैटौं राष्ट्रिय समेलनले सर्वसम्मत रुपमा विद्या भण्डारीलाई फेरि अध्यक्षमा चयन गरेको छ । विवादकाबीच अध्यक्षमा निबर्तमान अध्यक्ष विद्या भण्डारीनै सर्वसम्मत रुपमा आगामी कार्यकालको लागी चयन हुनु भएको हो । सात जना उपाध्यक्ष ,एक जना महासचिव, नौ जना सचिव र एक जना कोषाध्यक्ष पछि बस्ने बैठकले चयन गर्ने बताइएको छ ।

 छैटौं सम्मेलनमा विधान संसोधन गरेर उपाध्यक्षको संख्या सात र सचिवको संख्या नौ बनाइएको हो । छैठों सम्मेलनबाट सदस्यहरुमा गण्डकीबाट  रेखा थापा, पदमा अर्याल, टुका हमाल, सीता सुन्दास ,सम्झना देबकोटा, भगबती न्यौपाने, सिता गिरी, मित्रकुमारी गुरुङ सुवेदी, सृजना शर्मा रहनु भएको छ । यस्तै बागमतीबाट माया कार्की, सरस्वती बस्नेत ,शुसीला सुवेदी ,रत्न गुरुङ, विन्दा ढुङाना ,रामकुमारी महजर्नन, तुलसी थापा, सावित्रा भुषाल ,शान्ति पाख्रिन जानकुका सिमखडा ,देबकी श्रेष्ठ,शान्ति अधिकारी लगायत रहनु भएको छ ।

Related

विविध 5571169787082015371

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item