४ दिन अघि बेपत्ता युवाको शव भेटियो
https://sindhulidarpan.blogspot.com/2012/04/s_6194.html
नवलपरासी,वैशाख १२ ।
चार दिनदेखि बेपत्ता नवलपरासी अग्यौलीका एकजना युवाको शव भेटिएको छ । नवलपरासीको अग्यौली ७ त्रिभुवटारका २८ बर्षीय यमबहादुर रानाभाटको शव नारायणी नदीमा भेटिएको हो ।
४ दिन अघि रजहरको नारायणनदी किनारमा भएको रानाभाटहरुको भेलामा सहभागी हुन गएका बेला रानाभाट बेपत्ता भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । नदीले बगाएर लगेको अबस्थामा शिबपुर ब्यारेज नजिकै रानाभाटको शव भेटिएको प्रहरीले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !