सिन्धुली बहुमुखी क्याम्पसमा अखिलफोर्स गठन
https://sindhulidarpan.blogspot.com/2012/04/s_4776.html
सिन्धुली,वैशाख १२ ।
सिन्धुली वहुमुखी क्याम्पसमा अखिल फोर्स गठन गरिएको छ । अनेरास्वियू सिन्धुली बहुमुखि क्याम्पस कमिटिको दोस्रो क्याम्पस सम्मेलन कार्यक्रममा कृष्ण कार्कीको अध्यक्षतामा आज १५ सदस्यीय अखिल फोर्स गठन गरिएको हो । वहुमुखी क्याम्पसमा आज एक कार्यक्रमका विच फोर्स गठन गरिएको आयोजक कमिटिका अध्यक्ष खुसराज पौडेलले जानकारी दिनुभयो ।
अनेरास्वियु अराजक गुन्डागर्दी र अपराधिको दाई नभई विचार र कम्युनिष्टको दाई भएको कार्यक्रमका प्रमुख अथिति महेन्द्र देव श्रेष्ठ बताउनु भएको छ । कार्यक्रममा माओवादीका रुपेश हायुले अनेरास्वयुको विचार र सिद्धान्त आत्मासाथ गदै अधिवढ्ने र अनेरास्वयुले जहिले पनि विद्यार्थिको हक अधिकारको लागि आवाज उठाएको भन्दै अनेरास्वयुमा प्रवेश गर्नु भएको थियो ।
विद्यार्थी नेता प्रकाश काफलेले सिन्धुली बहुमुखि क्याम्पस भित्र रहेर अनेक विकृति र विसंगतिको चिरफार गदै समग्र विद्यार्थी एवं क्याम्पसको हित र संबृद्धिको लागि सदैव प्रतिवद्ध रहनुपर्ने वताउनुभएको छ । साथै सोहि कार्यक्रममा अनेरास्वियूले प्रकाश काफेलेलाई अध्यक्षमा चयन गर्दे दोस्रो क्याम्पस कमिटि सम्पन्न गरेको छ । कमिटिमा २५ सदस्य रहेका छन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !