सहमति खोज्न तीनदलको बैठक बस्दै

काठमाण्डौ,वैशाख १२ । 


संविधानका विवादित विषयमा सहमति खोज्न दलहरुले भोलिसम्म अन्तिम प्रयास गर्ने भएका छन् । भोलि संवैधानिक समितिको बैठक बस्नुअघिसम्म सहमति नजिक भएका विषयलाई अन्तिम रुप दिन तथा विवादित विषयलाई सहमतिमा पु¥याउन छलफल केन्द्रित रहने नेताहरुले बताएका छन् । विवादका मुख्य पाँच विषयमा सहमति खोज्न अहिले बिहान मधेसी मोर्चा सहित तीनदलका शीर्ष नेताहरुको बैठक बस्दैछ । ९ बजेपछि नयाँ बानेश्वरको संविधानसभामा बस्ने बैठकमा हिजो सम्म भएका छलफललाई आधार बनाएर सहमति खोजिने एमाले नेता भीम रावलले जानकारी दिनुभयो । 

धेरै विषयमा दलहरु सहमति नजिक रहेकाले पर्सी सम्ममा सहमति हुनेमा आशा गर्ने ठाउँ रहेको एमाले नेता रावलले बताउनुभयो । न्यायाप्रणाली र नागरिकतामा सहमति जुटे पनि शासकीय स्वरुप, निर्वाचन प्रणालीको समानुपाति र प्रत्यक्षको सिट संख्या, राज्यको पुनर्संचनामा दलहरुबीच सहमति जुटेको छैन । बिहान बस्ने तीनदलको बैठकमा हुने सहमति र असहमतिका विषयमा थप छलफल खोज्न आजै बेलुका सर्वदलीय बैठक बस्नेछ । संविधानसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु सहित ४ बजे बोलाइएको बैठकमा अहिले सम्म तीनदलबीच भएका छलफल र सहमतिलाई अन्तिम रुप दिइनेछ । बैठकमा साना दलहरुले पनि विवादित विषयमा सामूहिक धारणा राख्ने तयारी गरेका छन् ।

Related

राष्ट्रिय 1426769730193896035

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item