रोयल च्यालेन्जर्स बैंगलोर ४६ रनले विजयी

काठमाण्डौ,वैशाख १२ । 
आइपिएल क्रिकेट अन्तगर्त गएराति भएको राजस्थान रोयल्स विरुद्धको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर ४६ रनले विजयी भएको छ ।  जितसँगै ७ खेल खेलेको बैंगलोर ८ अंक सहित छैटौं स्थानमा उक्लिएको छ । ८ खेल खेलेको राजस्थानको पनि ८ अंक छ । तर रनरेटका आधारमा रोयल च्यालेन्जर्स बैंगलोर चौथो स्थानमा छ । ६ खेलबाट ८ अंक बटुलेको दिल्ली पहिलो स्थानमा छ ।

पहिला ब्याटिङ गरेको बैंगलोरले तिलक रत्ने दिल्सनको नट आउट ७६ रनको मद्दतमा २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । जवाफमा राजस्थान रोयल्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४३ रन मात्र बनायो । प्रतियोगिता अन्तर्गत आज दिउँसो सवा ४ बजे पुर्ण वारियर्स र दिल्ली डेयर डेभिल्स तथा सवा ८ बजे कोलकता नाइट राइडर्सर डेक्कन चार्ज हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।

Related

प्रमूखखबरहरु 6555817628528566017

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item