रेडक्रसले सेवामूलक र विकासमूलक काम गरेको छ :कार्की

चीना थापा,सिन्धुली,वैशाख ११।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा संगठन विकास संयोजक सपुत बहादुर कार्कीले रेडक्रसले सेवा मूलक र विकास मूलक दुइओटा कामहरुमात्र गर्दै आईरहेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको ४१ औँ जिल्ला सभाको उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कार्कीले रेडक्रसले द्धन्द्धको समयमा पनि माओवादी पक्ष, राज्य पक्ष भनेर कसैलाई भेदभाव नगरी निस्वार्थ भावनाले दुखमा परेकाहरुलाई सहयोग गरेको बताउनुभयो ।

 रेडक्रसले अहिलेसम्म मानवीय हितका लागि काम गरिरहेको र आगामी दिनमा पनि गरिरहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठले बर्षभरी गरीएका कार्यक्रमको समिक्षा गर्नुभएको थियो भने कोषाध्यक्ष सकुन्तला श्रेष्ठले २०६७÷०६८ सालको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाका मन्त्रि मेनुका सुवेदीले २०६७÷०६८ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामि हुने कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा रेडक्रसका सात सिद्धान्तलाई आत्मासाथ गर्दै मानविय हितका लागि उल्लेखनीय काम गर्ने २०६८ सालको उत्कृष्ट भिमान उपशाखालाईसम्मान गर्नु साथै फागुन १४ र १५ गते सिन्धुलीमाढीमा भएको ३२ औँ जुनियर गोष्ठिमा सहयोग पु¥याउने व्यक्ति, संघसस्था र रेडक्रसमा निरन्तर रुपमा लागिपरिहनुहुने व्यक्तिहरुलाई समेत सम्मान गरिएको छ । 

Related

स्थानिय 4908737041754948805

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item