महासंघलाई संकटकालको आशंका


काठमाडौं, वैशाख ११।
 नेपाल आदिवासी जनजाति महासंघले मुलुकमा संकटकाल लगाएर संविधानसभाको म्याद थप्ने षड्यन्त्र भएको आरोप लगाएको छ । उसले संकटकाल लगाएर संविधानसभाको आयु लम्वाईए आन्दोलन गर्ने चेतावनी दिएको छ । संकटकाल लगाउने षडयन्त्र बन्द गर्न महासंघको आग्रह छ ।
सिंहदरबारस्थित संसद सचिवालयमा आज संविधानसभा अध्यक्ष सुवसाचन्द्र नेम्वाङलाई ज्ञापन पत्र बुझाएर महासंघले नयाँ संविधान जारी गर्नु भन्दा अगाडी नेपाली जनताले संविधानको पहिलो मस्यौदा हेर्न पाउनु पर्ने माग गरेको छ । उसले संविधान बनाउने क्रममा सबै बिषय संवैधानिक समितिमै छलफल र निर्णय हुनुपर्ने भन्दै ४ दलीय छलफल बन्द गर्न सुझाव दिएको छ ।


त्यसै गरेर महासंघले जातीय पहिचान सहितका प्रस्तावित प्रदेशहरुको संख्या नघटाउन माग गरेको छ भने जनजातिको अधिकार सुनिश्चित गरेर संविधान तोकिएकै समयमा जारी गर्न भनेको छ ।
पूर्णसमानुपातिक निर्वाचन प्रणाली, सीमान्तकृत अल्पसंख्यक आदिवासी जनजातिको अधिकार,  हिमाल, पहाड र तराई जोडिएको उत्तर–दक्षिण चिर्ने गरि राज्य पुनसंरचना नगर्न समेत चेतावनी दिएको छ ।

Related

राष्ट्रिय 657389740243189943

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item