जीउमा आगो लगाएर मार्ने प्रयास

सप्तरी, वैशाख ११  । 


मागे जतिको दाइजो नल्याएको झोकमा सप्तरीमा एक युवकले गएराति आफ्नी कान्छी श्रीमतीसहित साली, सालो, सासू र ससुराको जीउमा पेट्रोल खन्याएर आगो लगाई हत्याको प्रयास गरेको छ । 
सप्तरीको राजविराज नगरपालिका–२ चनौरा पडरियास्थित ससुराली आएका भारतको सहरसा जिल्ला मोहनपुरा गाउँ निवासी ३५ वर्षीय मो इलयासले मागे जतिको दाइजो नदिएको भन्दै आफ्नी श्रीमती ३० वर्षीया हसिना खातुनसहित छ जनामाथि पेट्रोल खन्याएर हत्याको प्रयास गरेका हुन् । घटनामा परेर हसिनासँगै उनकी १४ वर्षीया बहिनी समिना खातुन, अर्की बहिनी १० वर्षीया मोमिना खातुन, उनका आठ वर्षीय भाइ मो अफजल, हसिनाका बुबा ६० वर्षीय मो अलाउदिन र आमा ५४ वर्षीया कुलसुम खातुन गम्भीर घाइते भएका छन् ।


आगोले पोलेर घाइते भएका सबैजनाको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । राति ११ बजेतिर सबैजना एउटै घरमा सुतिरहेका बेला इलयासले सबैजनालाई हत्या गर्ने उद्देश्यले घर अगाडि र उनीहरूको शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए ।   आगो जिउभरि लागेर पोल्न थालेपछि रोए कराए लगत्तै भेला भएका गाउँलेले तत्काल आगो निभाएर आफूहरूको उद्धार गरेको घाइते हसिनाले बताइन् ।  उनका अनुसार जेठी श्रीमतीको इसारामा श्रीमान्ले आफूलाई पटकपटक दाइजो नल्याएको भन्दै शारीरिक यातना दिँदै आएका थिए । उनी श्रीमान्को यातना सहन नसकी माइतीमै बस्दै आएकी थिइन् ।  आगो लगाएर फरार भएका मो इलयासलाई गएराति नै प्रहरीले भारतीय सीमावर्ती गाउँ सप्तरीको तिलाठीबाट पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिनुभयो ।

Related

राष्ट्रिय 4346789987905103673

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item