अज्ञात समूहको गोली प्रहारवाट सिन्धुलीमा एक महिलाको मृत्यु

सिन्धुली दपर्ण, मंसिर २५ -
सिन्धुलीको दुर्गम हरिहरपुरगढी गाविसमा अज्ञात समूहको गोली प्रहार बाट घाइते भएकी मानछिमाया घलानको मृत्यु भएको छ ।  विहिवार राती हरिहरपुर गढी गाविसको वडा नं। १ सोलीघोप्टे भन्ने ठाउँमा अज्ञात समुहले उनिमाथि गोलीप्रहार गरेको थियो । गरिव घलान परिवारले लास अस्पतालवाट अन्तिम संस्कारका लागी लैजान समेत अप्ठेरो परेको स्थानिय वासी चमारिसंङ घलानले जानकारी दिनुभयो । 
सो समुहले मानछिमाया घलानसंगै अन्य दुइ जनालाइ खुकुरी प्रहार गरि घाइते वनाएका छन । सो गाविसका टाउके घलान र सुन्दरीमाया घलानलाइ सो समुहले खुकुरी प्रहार गरि घाइते वनाएका हुन । घाइते मध्य टाउके घलानको टाउँकामा दुइ वटा चोट रहेको र उनको हेटौडा अस्पतालमा उपचार भइरहेको स्थानिय वासी चमारिसंङ घलानले बताउनुभयो । 
घटनास्थलवाट प्रहरीले गोली प्रहार गर्ने समुहको दुइ थान झोला र एक सेट मोवाइल बरामद गरेको छ भने गोली प्रहार गर्ने समुहको हाल सम्म पनि पहिचान हुन नसकेको प्रहरीले वताएको छ ।

Related

स्थानिय 2224314227882773384

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item