को हुन् कृष्ण विक्रम थापा

सिन्धुली दपर्ण ,पुस ९ - 
  
सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कति न राम्रो दरवार मार् यो नि मायाले मार् यो………………

यो गित जति सिन्धुलीवासी अनि विश्वमा रहेका नेपालीहरुको मनमष्तिष्कमा रहेर ओठओठमा झुन्डिएको छ  तर सिन्धुलीलाई परिचित गराउदै लोक गितमा योगदान दिएका  गायक कृष्ण विक्रम थापाको अवस्था भने ऐतिहासिक सिन्धुलीगढी दरवारको भौतिक अवस्था जस्तै छ । सिन्धुली जिल्लालाई  कला र साहित्यमार्फत सिन्धुलीनै वनाउन एक महत्वपुर्ण भुमिका खेलेका स्वरका धनि थापालाई अव नेपालीहरुले मात्र हैन सिन्धुलीवासीले नै पुर्ण रुपमा  विसिसकेक  छन् । पत्रकार परशुराम काफ्ले भने गायक थापालाई सवैले श्रृदाका साथ लिनुपर्ने र लोक गितमा लागेका साधकहरुले प्रेरणाको श्रोत मान्नुपर्ने वताउनु हुन्छ । र सिन्धुली जिल्ला र राष्ट्रले विस्रन नहुने र थापाको योगदानको कदर हुन जरुरि रहेको र सिन्धुलीका लागी भन्दै हिड्नेले वेवास्ता गरको स्वीकानुहुन्छ ।

 सिन्धुलीमा नै जन्मिएर सिन्धुलीकै लागी चिनाउदै आएका गायकलाई नेपाल सरकार तथा सम्विन्धि निकायहरुले चिनाउनु त परैको कुरा सामाजिक काम गर्नै हु भन्ने सघंसस्थाले समेत विसिएका छन् । कारण त्यस्तो काम गरेर नत नाफा नै हुन्छ न कतैवाट पैसा आउछ ।कृष्ण विक्रम थापाको कृतिलाई सकंलन गरेर उजागर गर्न सक्नुपथ्यो केहि सम्मान मात्र भयो त्यो सम्मानले नपुग्ने हुदा कृष्ण विक्रम थापाको नाम अघाडी ल्याउन सिन्धुलीले विसिएकाकै हौ सिन्धुली वहुमुखि क्याम्पसका प्राध्यापक तथा निवर्तमान क्याम्पस प्रमुख फाल्गुणी शर्मा तिमल्सना वताउनुहुन्छ ।

 नेपाली लोक सगितं र सिन्धुली जिल्लाको लागी योगदान दिएका गायक सिन्धुलीकै कुनै पनि ठाउँमा अटाएका छैनन् र अटाईएको छैन तर कृष्ण विक्रम थापाको त्यागप्रति सर्वसाधारण र सम्वन्धित सरकारि निकाय पनि लाग्न जरिरु रहेको समाजसेवी अमरदिप देवकोटा भन्नुहुन्छ । आखिर सवैले महसुस  गरिसकेपछि पनि योगदानको कदर गर्न आवश्यक छ भन्ने सवैलाई लागीरहेको अवस्थामा लोकगीतमा योगदान दिनुभएको योगदानको कदर गर्न नितान्त आवश्यक छ ।  

Related

स्थानिय 158521398461427745

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item