३० प्रतिशतले जुनार उत्पादनमा बृद्धि


सिन्धुली दपर्ण, पुस ९ -
जुनारका लागि प्रख्यात सिन्धुलीमा यस वर्ष जुनार उत्पादनमा बृद्धि भएको छ । बिगतका वर्षका तुलनामा यस वर्ष उत्पादन २५ देखि ३० प्रतिशत बढेको सिन्धुली जुनार संघको रेर्कडले देखाएको छ । जुनार उत्पादनमा बृद्धि भए पछि जुनार किसानहरुले यो वर्ष राम्रो आम्दानी लिएका छन् । सिन्धुलीको जलकन्या बाशेश्वर रतनचुरा भुवनेश्वरी मझुवा तिनकन्या वितिजोर गाविसहरुलाई जुनार उत्पादनको पकेट क्षेत्र भनेर चिनिन्छ । त्यहाँका किसानहरुले जुनार बेचेरै १ लाख देखि ३ लाख सम्म कमाउने गरेका छन् । गत वर्षको तुलनामा यो वर्ष

जुनारको मूल्यमा पनि बृद्धि भएको छ । गत वर्ष डेढ रुपैयाँ प्रतिगोटा विक्री गरेको जुनार यो वर्ष अढाई रुपैयाँमा जुनारको बगैचा मै विक्री भएको वाशेश्वर नाकाजोलीका किसान शेरबहादुर मगरले बताउनु भयो ।सिन्धुलीमा १ हजार ५ सय हेक्टर जमिनमा व्यवसायिक रुपमा नै जुनार खेती गरिन्छ  । यस बाट ३ हजार १ सय ८५ परिवार प्रत्यक्ष रुपमा मै आश्रित रहेको सिन्धुली जुनार विकास संघका अध्यक्ष दीपकप्रसाद कोइरालाले बताउनु भयो । गत वर्ष करिव १८ करोडको कारोवार भएको जुनार व्यवसाय यस वर्ष बढ्ने अनुमान गरिएको छ ।गत वर्ष ८ हजार ४ मेटि्रक टन उत्पादन भएको जुनार यो वर्ष उत्पादन राम्रो भएकाले पनि बढ्ने सहजै अनुमान गर्न सकिने पनि संघका अध्यक्ष कोइरालाको भनाई छ । वीपी राजमार्ग संचालनमा आए पछि जुनार ढुवानीमा सजिलो भएको किसानहरुले बताएका छन् । यो वर्ष असिना पानी नपरेका कारण पनि जुनारको उत्पादनमा बृद्धि भएको हो ।


Related

स्थानिय 9146715096442744933

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item