http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_8773.html
३० प्रतिशतले जुनार उत्पादनमा बृद्धि
सिन्धुली दपर्ण पुस ९
जुनारका लागि प्रख्यात सिन्धुलीमा यस वर्ष जुनार उत्पादनमा बृद्धि भएको छ ।
बिगतका वर्षका तुलनामा यस वर्ष उत्पादन २५ देखि ३० प्रतिशत बढेको सिन्धुली
जुनार संघको रेर्कडले देखाएको छ । जुनार उत्पादनमा बृद्धि भए पछि जुनार
किसानहरुले यो वर्ष राम्रो आम्दानी लिएका छन् । सिन्धुलीको जलकन्या
बाशेश्वर रतनचुरा भुवनेश्वरी मझुवा तिनकन्या वितिजोर गाविसहरुलाई
जुनार उत्पादनको पकेट क्षेत्र भनेर चिनिन्छ । त्यहाँका किसानहरुले जुनार बेचेरै
१ लाख देखि ३ लाख सम्म कमाउने गरेका छन् । गत वर्षको तुलनामा यो वर्ष
जुनारको मूल्यमा पनि बृद्धि भएको छ । गत वर्ष डेढ रुपैयाँ प्रतिगोटा विक्री
गरेको जुनार यो वर्ष अढाई रुपैयाँमा जुनारको बगैचा मै विक्री भएको
वाशेश्वर नाकाजोलीका किसान शेरबहादुर मगरले बताउनु भयो ।
सिन्धुलीमा १ हजार ५ सय हेक्टर जमिनमा व्यवसायिक रुपमा नै जुनार खेती गरिन्छ ।
यस बाट ३ हजार १ सय ८५ परिवार प्रत्यक्ष रुपमा मै आश्रित रहेको सिन्धुली जुनार
विकास संघका अध्यक्ष दीपकप्रसाद कोइरालाले बताउनु भयो । गत वर्ष करिव १८
करोडको कारोवार भएको जुनार व्यवसाय यस वर्ष बढ्ने अनुमान गरिएको छ ।
गत वर्ष ८ हजार ४ मेटि्रक टन उत्पादन भएको जुनार यो वर्ष उत्पादन राम्रो
भएकाले पनि बढ्ने सहजै अनुमान गर्न सकिने पनि संघका अध्यक्ष कोइरालाको
भनाई छ । वीपी राजमार्ग संचालनमा आए पछि जुनार ढुवानीमा सजिलो भएको
किसानहरुले बताएका छन् । यो वर्ष असिना पानी नपरेका कारण पनि जुनारको
उत्पादनमा बृद्धि भएको हो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !