यो वर्ष सिन्धुलीमा धान वढी फल्यो

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_4136.html
सिन्धुली दपर्ण ,पुस ८ -
मौसमले अनुकुल भएकाले सिन्धुली जिल्लामा यो वर्ष धान उत्पादन बढेको छ । जिल्ला कृषी विकास कार्यालयका अनुसार यो वर्ष ४४ हजार ६ सय २० मेटि्रक्टन धान उत्पादन भएको छ । गत बर्षको तुलनामा ९ हजार ३ सय २ मेटि्रक्टन धान उत्पादन बढि भएको कृषि विकास कार्यालयले जानकारी दिएको छ । यो वर्ष १४ हजार १ सय ६५ हेक्टर जमिनमा धान खेती गरिएको थियो ।
गत बर्ष १४ हजार १ सय ८५ हेक्टर जमिनमा गरेको खेतीबाट ३५ हजार ३ सय १८ मेटि्रक्टन धान उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । राम्रो पानी परेकाले धान उत्पादन बढेको र प्रति हेक्टर तीन दशमलब १५ मेटि्रक्टन धान फलेको कार्यालय प्रमुख किसोरीप्रसाद यादबले बताउनुभयो ।
जिल्लामा ठाँउ अनुसार मनसुली साबित्री हर्दिनाथ रामबेलास सोनामन्सुली खुमलचार पोख्रेली मक्वानपुरेएक लगायतका धान खेती हुदै आएको पनि उहाले जानकारी दिनुभयो । धान खेती भएको जमीनमध्ये आठ हजार ७ सय ९० हेक्टरमा िसंचाई सुविधा पुगेको र बाँकी मौसमी आकासको पानीमा निर्भर रहने जमिन रहेको कार्यालयले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !